काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ यथावत रहेको छ । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा निर्धारण गरेकोे छ । विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ ।
युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ थियो।
कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८५ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७० पैसा थियो।