एनआईसी एशिया बैंकद्वारा मास्टर कार्ड इस्युयन्स सेवाको शुभारम्भ

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उदेश्यका साथःमास्टर कार्ड इस्युयन्स सेवा शुभारम्भ गरेको छ। आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्युयन्स सेवाको शुभारम्भ गरिएको हो।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। जसमा अत्याधुनिक सुरक्षा प्रविधि ९इएमभी चिप० तथा अत्याधुनिक कन्टुयाक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ।

यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पीओएस तथा ई–कमर्श भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्नेछन्। ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यातः मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स