सिटिजन्स बैंकद्वारा श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरूलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरूको पठनपाठन र दिनचर्यामा असर परेको हँुदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनिकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको हो ।

बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स