क्यूआर कोडबाट क्रसबोर्डर भुक्तानी हुने

काठमाडौं । अब क्यूआर कोडबाट अब क्रसबोर्डर भुक्तानी हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले क्रसबोर्डर भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न आवश्यक नीति तय गरेको हो ।

विदेशी विनिमय कारोबार गर्ने तथा भुक्तानी प्रदायकको रुपमा काम गर्ने इजाजतप्राप्त निकायलाई जारी भएकोे एकीकृत परिपत्रमा क्यूआरमार्फत भुक्तानी पठाउन सकिने उल्लेख गरिएको छ ।

रिटेल पेमेन्ट स्विचको माध्यमबाट नेपालबाट भारतीय बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख रुपैयाँसम्म सटही गर्न सक्छ ।

राष्ट्र बैंकले परिपत्रमा भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खाताको क्यूआर कोडबाट पनि भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

परिपत्रमाफर्त् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा आएको ६ महिनाभित्र पेस गरिसक्न निर्देशन दिएको छ ।

नेशनल पेमेन्ट स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट कारोबार गर्न सकिने जनाइएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स