प्राइम कमर्शियल बैंकको लाभांश घोषणा, बोनस र लाभांश कति ?

काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.८३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.६३१३ प्रतिशत नगद लाभांश गरि कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नगद लाभांश अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने सेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ भएको बैंकले जनाएको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/prime-cummercial-bank-1-scaled.jpg”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स