आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज बुधबार अधिकांश विदेशी मुद्राहरुको विनियमदर घटेको छ । आज अमेरिकी डलर, युरो, दिनारसहित धेरेजसो विदेशी मुद्राको मूल्य घटेको हो । पाउन्ड, अस्ट्रेलियन डलरसहित अन्य विदेशी मुद्राको मूल्य भने बढेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा थियो ।

युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३७ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०५ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स