प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट बाग्मती प्रदेश-३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।

उक्त अवसरमा अस्पतालमा कार्यरत स्तन सम्बन्धि क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए । कम्पनी हालैमात्र ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ ।

कम्पनीका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स