एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले असार १२ गतेबाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स