राष्ट्रिय वाणिज्य बैंकले माग गरेको जागिरको परीक्षा शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग(इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।

‘खल्ती’ को प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स