कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।

इच्छुक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापकहरूले उक्त सेयर नकिनेमा सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स