सिटिजन्स बैंकको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने छन् ।

इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स