कुमारी बैंकको १३ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

उक्त समयभित्र सेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स