वोमी लघुवित्त र सूर्योदय लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।

राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेको हो । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच २०७८ भदौ १५ गते, गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम भदौ १६ गते, बुधबारबाट नेप्सेमा दुवै संस्थाको कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स