प्रभु बैंकको ३०६ औं शाखा मुगुको गमगढीमा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु जिल्लाको छायानाथ रारा नगरपालिका-२ स्थित गमगढीमा ३०६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताएको छ ।यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि कम्पनीको भनाइ छ ।

गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको पनि कम्पनीले बताएको छ ।

कम्पनीका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् । कम्पनीले करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स