यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । राष्ट्र बैंकले आज आइतबार धेरै जसो विदेशी मुद्राहरुको विनियमदर यथावत राखेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स