प्रभु बैंकको ३०४ औं शाखा बझाङको चैनपुरमा

काठमाडौं । प्रभु बैंकले बझाङको चैनपुरमा ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेबाट जयपृथ्वी नगरपालिका-१० चैनपुरमा ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताएको छ ।

कम्पनीले यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने पनि बताएको छ ।

चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका नेपालभर ३०४ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स