काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
जसमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । यसअघि बैंकले जेठ महिनाका लागि ७.८ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्षका लागि ७ प्रतिशत, १ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत ५ वर्ष र सोभन्दा माथिका लागि ७.६९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । जेठ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असार महिनाका लागि भने अधिकतम ६.६९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ५.३५ प्रतिशत, १ वर्षका लागि ५.९० प्रतिशत, १ वर्षमाथि देखि ५ वर्ष मुनिसम्म ६ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६९ प्रतिशत ब्याजदर कायम गरेको छ ।