बैंकको निष्कृय कर्जाको आकार माथि उक्लदै, वाणिज्य बैंकको मात्रै १ खर्ब ७९ अर्ब

काठमाडौं । बैंकहरुको निष्कृय कर्जाको आकार बढिरहेको छ । वाणिज्य बैंक, विकास बैंक , फाइनान्स कम्पनी सबैको खराव कर्जा बढिरहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार कुल कर्जा प्रवाह ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएकोमा २ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ निष्कृय कर्जा देखिएको हो । समग्रमा निष्कृय कर्जा ३ दशमलव ९८ प्रतिशत देखिएको हो । यो चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्क हो ।

वाणिज्य बैंकहरुको निष्कृय कर्जा पनि यो वर्ष ठूलो आकारमा देखिएको छ ।
बैशाख मसान्तसम्ममा ४५ खर्ब २१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा १ खर्ब ७५ अर्ब ८९ करोड रुपैयाँ निष्कृय कर्जा रहेको देखिएको हो । यो ३ दशमलव ८९ प्रतिशत हो ।

विकास बैंककोकुल कर्जा प्रवाह ४ खर्ब ९२ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा १७ अर्ब ८९ करोड रुपैयाँ निष्कृय कर्जा देखिएको हो । यो ३ दशमलव ६३ प्रतिशत हो ।

फाइनान्स कम्पनीहरुको ९७ अर्ब ९६ करोड कुल कर्जा प्रवाह भएकोमा ९ अर्ब ९९ करोड रुपैयाँ अर्थात् १० दशमलव २० प्रतिशत निष्कृय कर्जा देखिएको हो ।

यसरी हेर्दा सबै प्रकारका बैंकहरुमा निष्कृय कर्जाको आकार बढेको देखिएको छ । यसरी बढ्नेमा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले गरेको लगानीमा राम्रो प्रतिफल नदेखिएको बुझिएको छ ।

अर्थतन्त्र आफै संकुचनको बाटोमा जाँदा लगानीकर्ताहरुलाई असर गरेको र त्यसको प्रभाव बैंकसम्म आएको देखिएको हो ।

यसरी प्रवाह भएको कर्जाहरु धेरै समस्यामा जाँदा बैंकहरु समेत कर्जा प्रवाह गर्नबाट हच्किएका छन् । जस कारण यो वर्षको कर्जा प्रवाह वृद्धिदर समेत कमजोर बनेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स