प्रभु बैंकको ३०३ औं शाखा बैतडीको देहीमाडौंमा

काठमाडौं । प्रभु बैंकले बैतडी जिल्लाको दशरथ चन्दनगरपालिका-१ स्थित देहीमाडौंमा बुधबारदेखि ३०३ औं सञ्चालनमा ल्याएको छ ।

कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा त्यहाँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको पनि बताएको छ । यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने पनि उसले बताएको छ ।

देहीमाडौं शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु गुणस्तरीय सेवा पाउँदै लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

कम्पनीले नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुमा विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको भन्दै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट आफू सम्मानित भएको पनि बताएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स