काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिर पहिलो साता या ढिलोमा दोस्रो सातासम्म मौद्रिक नीतिको समीक्षा सकिसक्ने गरीे कार्यतालिको बनाएको छ । सेयर बजारका आम लागनीकर्तादेखि उद्यमी व्यवसायी र आम निक्षेपकर्तासम्मलाई राहत मिल्ने गरी मौद्रिक नीतिको समीक्षा गर्ने तयारी राष्ट्र बैंकले गरेका हो ।
मौद्रिक नीति समीक्षाले तरलता व्यवस्थापनदेखि निक्षेपको ब्याजदर सेयर कर्जाका विषयमा विशेष व्यवस्था गर्ने बुझिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको लगानी योग्य पुँजी अभावलाई सहज गर्नेेदेखि मुद्दती निक्षेपको ब्याजदर र सेयर कर्जाका विषयलाई लिएर फोकस हुने राष्ट्र बैंक स्रोतले बताएको छ । यसका साथै मौद्रिक नीतिको समीक्षाले घट्दो विदेशी मुद्राको सञ्चितिलाई कम गर्न पनि नीतिगत व्यवस्था गर्ने बुझिएको छ ।
राष्ट्र बैंकले कार्तिक २ गते जारी गरेको निर्देशनलाई समेत केही हेरफेर गर्ने भएको छ । कार्तिक २ गर्ने राष्ट्र बैंकले बैंकहरूले सार्वजनिक गरेका ब्याजदरका विषयमा अंकुश लगाउँदै अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म मात्रै बढाउन पाउने गरी नयाँ व्यवस्था गरेको थियो ।
नेपाल बैकर्स संघले निक्षेपको ब्याज १० प्रतिशतभन्दा माथि जान नदिने भनेर छलफल गरेकै भोलिपल्ट एकाएक ब्याजदर बढाएका बैंकहरूलाई लगाम लगाएको राष्ट्र बैंकले प्रेसर थेग्न गाह्रो भएपछि यसमा समेत परिमार्जन गर्नै पर्ने दवाव परेको छ ।
बजारमा लगानी योग्य पुँजी अभाव हुँदै गएपछि तलरलता अभाव हुन नदिन कार्तिक २ गते लागू गरेको व्यवस्थामा परिमार्जन गर्ने तयारी राष्ट्र बैंकले गरेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ‘सेयर कर्जामा लागेको क्याप पनि परिमार्जन हुने देखिएको छ । सेयर बजारका आम लागनीकर्तादेखि उद्यमी व्यवसायी र आम निक्षेपकर्तासम्मलाई राहत मिल्ने गरी मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो ।’
सेयर कर्जाका लगाएको क्याप नहटाइ गभर्नरलाई सुखै छैन । किनकी अर्थमन्त्रीले पटक पटक यो क्याप हटाउन तथा संशोधन गर्न गभर्नर अधिकारीलाई सुझाएका छन् । वित्तीय बजारमा लागनी योग्य पुँजीको चर्को अभाव छ ।
बैंकहरूले अधिकांश कर्मचारीलाई करोडको टार्गेट दिएर बजारमा पठाएका छन् । आयात बढ्दा विदेशी सञ्चिति घट्नुका साथै शोधनान्तर समेत घाटमा गएको छ । यी सबै विषयको सम्बोधन हुनेगरी मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने दवावमा राष्ट्र परेको हो ।