१० महिनाको नाफा : नबिल भन्दा ग्लोबल आईएमई १ अर्ब ३४ करोडले पछि

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको १० महिना अवधिमा खुद नाफा ४८ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेका छन् । यो चैत महिनासम्मको भन्दा करिव ४ अर्बले घटेको हो ।

चैत मसान्तसम्ममा ४० अर्ब ६८ करोड रुपैयाँ नाफा रहेको थियो ।

तर गत आर्थिक वर्षको १० महिना अवधिको तुलनामा यो वर्ष भने खुद नाफामा गिरावट आएको छ । गत वर्षको बैशाख मसान्तसम्ममा ५७ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुलनामा यो वर्ष १४.९७ प्रतिशतले नाफा घटेको हो ।

चालू आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक लिमिटेड रहेको छ । यो बैंकले १० महिना अवधिमा ५ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले भने ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो । यसरी हेर्दा नबिल बैंकको तुलंनामा ग्लोबल आईएमई बैंक १ अर्ब ३४ करोडले पछि रहेको हो ।

चालू आर्थिक वर्षको १० महिना अवधिमा सबैभन्दा कम खुद नाफा नेपाल बैंक लिमिटेडको रहेको छ । यस बैंकको ६९ करोड खु्द नाफा आर्जन भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

अरु बैंकको खुद नाफा कति छ ?
अन्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५६ करोड खुद नाफा रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक ३ अर्ब ७७ करोड , स्ट्याण्डर्ड चार्टर्ड बैंककोे २ अर्ब ६६ करोड, हिमालयन बैंकको २ अर्ब २२ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ४२ करोड, एभरेष्ट बैंक २ अर्ब ९८ कारोड खुद नाफा देखिएको छ ।

त्यस्तैगरी एनआईसी एशियाको २ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड रुपैयाँ, कुमारी बैंकको १ अर्ब ४२ करोड , लक्ष्मी सनराइजको १ अर्ब ९५ करोड ,  सिद्धार्थ बैंक  १ अर्ब ९७ करोड, कृषि विकास बैंकको २ अर्ब ६९ करोड, सिटिजन्स बैंक १ अर्ब ५० करोड , प्राईम बैंकको ३ अर्ब २२ करोड, एनएमबी बैंक २ अर्ब ४८ करोड, प्रभु बैंक २ अर्ब ५० करोड र सानिमा बैंक १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स