काठमाडौं । नेपालमा लगानीको प्राथमिकता व्यापार क्षेत्र नै बनिरहेको छ । बैंक तथा वित्तिय संस्थाहरुको लगानीले व्यापार क्षेत्र नै प्राथमिकता पाएको देखिएको हो ।
चालू आर्थिक वर्षको १० महिनासम्मा थोक तथा खुद्रा क्षेत्रमा नै १० खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।
गत आर्थिक वर्षको यहि अवधीको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तैगरि व्यापारीक क्षेत्र नै जोडिएको उपभोग्य क्षेत्रमा भने ९ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । यो वर्ष वर्ष भन्दा ५.६ प्रतिशतले विस्तार भएको देखिएको हो ।
बैंकको लागनीको क्षेत्रगत तथ्याङ्क हेर्दा उत्पादनमुलक क्षेत्रमा कमजोर लगानी रहेको छ ।
बैशाख महिनासम्ममा कृषि क्षेत्रमा ४ खर्ब १६ अर्ब रुपैयाँ कर्जा पुगेको छ । यो गत वर्षकै हाराहरीमा हो । खानी क्षेत्रमा १२ अर्ब रुपैयाँ प्रवा ह भएको छ ।
उत्पादनमुलक उद्योगमा ८ खर्ब १३ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ ।
निर्माण क्षेत्रको २ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो ।
धातुजन्य तथा विद्युतिय उपकरणको क्षेत्रमा ७१ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ ।
यातायातका जन्य वस्तु उत्पादन ५० अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ । यातायत संचार र सार्वजनिक सेवामा ३ अर्ब ९५ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ ।
बैंक, वित्त र बीमा क्षेत्रमा ३ अर्ब ८० अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ । सेवामूलक उद्योगहरुमा ४ खर्ब २८ अर्ब रुपैयाँ कर्जा विस्तार भएको हो । बैंक तथा वित्तिय क्षेत्रले स्थानिय सरकारहरुलाई १ खर्ब २१ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ ।
अन्य क्षेत्रमा ३ खर्ब २७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।
कुल गरि बैंक तथा वित्तिय संस्थाको कर्जा ५१ खर्ब १२ अर्ब रुपैयाँ कर्जा विस्तार भएको हो ।