बैंकहरूको एनपीएल बढ्यो, कुन बैंकको कति पुग्यो ?

काठमाडौं । पछिल्लो महिना फेरि बैंकहरूको एनपीएल बढेको छ । गत पुस महिनासम्म ३.६३ प्रतिशत रहेको बैंकहरूको एनपीएल चैतमसान्तमा आइपुग्दा बढेर ३.८९ प्रतिशत पुगेको हो ।

चैत महिनासम्म बैंकहरूको एनपीएल ३.८९ प्रतिशत पुगेको छ अर्थात बैंकहरूको निष्कृय कर्जा १ खर्ब ७८ अर्ब ८२ करोड ६० लाख रुपैयाँ पुगेको । चालु आवको चैतमसान्तसम्म बैंकहरूको कुल कर्जा लगानी ४५ खर्ब ३५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंकहरूको सो निष्कृय कर्जामा पनि नेट निष्कृय कर्जा भने ५२ अर्ब ४० करोड रुपैयाँ मात्रै हो ।

बैंकहरूको कुल एनपीएल बढेपनि नेट एनपीएल भने १.१४ प्रतिशतमात्रै रहेको छ । गत पुसमसान्तसम्म बैंकहरूको खुद एनपीएल १.१३ प्रतिशत थियो ।

पुसमसान्तसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूले गरेको कर्जा प्रवाहमध्ये १ खर्ब ६३ अर्ब १९ करोड कुल निष्कृय कर्जा हो । सो अवधिमा बैंकहरूको नेट निष्कृय कर्जा भनेको ५० अर्ब ८० करोड ३० लाख रुपैयाँमात्रै हो ।

सबै भन्दा बढी कुल एनपीएल लक्ष्मी सनराइज बैंकको ५.४९ प्रतिशत रहेको छ भने सोही अवधिमा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ । बैकको कुल एनपीएल ०.७० प्रतिशत रहेको छ ।

हिमालयन बैंकको कुल एनपीएल ४.९६ प्रतिशत पुगेको छ भने नेट एनपीएल ०.६९ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल बैंकको कुल एनपीएल ४.८५ प्रतिशत पुगेको छ। तर एनपीएल बढेपनि बैंकको नेट एनपीएल १.४२ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको कुल एनपीएल ४.३० प्रतिशत पुगेको छ भने नेट एनपीएल १.४६ प्रतिशत रहेको छ ।

कृषि विकास बैंकको कुल एनपीएल ३.१७ प्रतिशत पुगेको छ भने नेट एनपीएल ०.७६ प्रतिशत, नबिल बैंकको कुल एनपीएल ४.०४ प्रतिशत,नेट एनपीएल १.२७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल एनपीएल ४.६६ प्रतिशत, नेट एनपीएल १.१२ प्रतिशत, स्टयाण्डर्ड चार्टर्ड बैंकको कुल एनपीएल २.१४, नेट ०.९४ प्रतिशत रहेको छ ।

नेपाल एसबीआई बैंकको कुल एनपीएल १.९८ प्रतिशत छ भने नेट एनपीएल ०.२२ प्रतिशत, एनआईसी एसिया बैंकको कुल एनपीएल ३.०८ प्रतिशत, नेट एनपीएल १.७६ प्रतिशत, माछापुच्छ्रे बैंकको कुल एनपीएल ३.६८ प्रतिशत, नेट एनपीएल १.६६ प्रतिशत, कुमारी बैंकको कुल एनपीएल ४.९५ प्रतिशत, नेट एनपीएल ०.३८ प्रतिशत, सिद्धर्थ बैंकको कुल एनपीएल २.५२ प्रतिशत, नेट एनपीएल ०.९५ प्रतिशत, ग्लोबल आइएमई बैंंकको कुल एनपीएल ४.७४ प्रतिशत, १.७० प्रतिशतरहेको छ ।

त्यसैगरी सोही अवधिमा सिटिजन्स बैंकको कुल एनपीएल ३.७६ प्रतिशत, नेट एनपीएल १.६९ प्रतिशत, प्राइम बैंकको कुल एनपीएल ४.२९ प्रतिशत, नेट एनपीएल १.०२ प्रतिशत, एनएमबी बैंकको कुल एनपीएल २.८६ प्रतिशत, नेट एनपीएल ०.९३ प्रतिशत, प्रभु बैंकको कुल एनपीएल ४.८१ प्रतिशत, नेट एनपीएल ०.६३ प्रतिशत र सानिमा बैंकको कुल एनपीएल १.८९ प्रतिशत नेट एनपीएल ०.६९ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स