काठमाडौं । राष्ट्र बैंकले आज मंगलबार अमेकिरी डलरको भाउ बड्दा अन्य विदेशी मुद्राको भाउ भने घटेको छ ।
आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरुको मूल्य घटेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि घटवढ् नभएको अमेरिकी डलरको मूल्य आज बढेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो।
युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।
बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९७ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा थियो।