काठमाडौं । सेन्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
ऋण अपचलको आधारमा पक्राउ गरिएको सीआईबीले जानकारी गराएको छ ।
उक्त बैंक प्रभु बैंकसँग मर्ज भैसकको छ । तत्कालिन अवस्थामा ऋण प्रवाहमा पचलन भएको र उनको संलग्नता देखिएकोे सीआईबीको भनाई छ । उनीसँगै तत्कालिन समयका अन्य संचालक समेत पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा श्रेष्ठसहित सुनिल कुमार न्यौपाने, गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका रहेका छन् ।
के थियो विषय ?
सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गर्दा धितो मूल्याङ्कन बढि गरेको पाइएको छ ।
८० करोड रुपैयाँ पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब १२ करोड रुपैयाँ ऋण दिएको खुलेको देखिएको सीआइबीले बताएको छ ।
यो विषयमा यस अघि पनि बैंकका तत्कालिन सिईओ सहित १० जना कर्मचारीलाई सिआईबीले समातिसकेको छ ।