काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा असार ३ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।