लाभांश घोषणाको तयारीमा फाइनान्स कम्पनी, कसको क्षमता कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् भने केहीले घोषणा गरेका छन् । केही कम्पनी अझै लाभांश घोषणाको क्रममा छन् ।

नेप्सेमा १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत छन् । हालसम्म एउटा फाइनान्स कम्पनीले मात्र लाभांश घोषणा गरेको छ । आईसीएफसी फाइनान्सले सेयरधनीहरुका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोसन सेयर १० प्रतिशत र नगद लाभांश ४ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको अगामी वार्षिक साधारण सभाले उक्त लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

अन्य फाइनान्स कम्पनीहरु पनि लाभांश घोषणा गर्ने तरखरमा छन् । कम्पनीको आगामी सञ्चालक समितीको बैंकले लाभांश प्रस्ताव गर्नेछ ।

फाइनान्स कम्पनीहरुले लाभांश दिन सक्ने क्षमता गत आवमा आर्जन गरेको वितरण योग्य नाफा र सेयर संख्याको आधारमा निकालिएको हो । फाइनान्सहरुले भदौसम्मको नाफा नोक्सानी हिसाब गरेर बोनस दिन सक्ने भएकाले समाचारमा उल्लेख गरिएको बोनसदरको विवरणभन्दा केही प्रतिशत तलमाथि हुन सक्नेछ ।

मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै बोनस सेयर दिन क्षमता राख्छ । फाइनान्स गत आवमा ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार छ । फाइनान्सले सेयर धनीलाई ५०.३० प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

गोर्खाज फाइनान्स

गोर्खाज फाइनान्स गत आवमा १० करोड ३६ लाख १६ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार छ । फाईनान्सले सेयर धनीलाई ११.९३ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

रिलायन्स फाइनान्स

रिलायन्स फाइनान्स गत आवमा १५ करोड ५२ लाख १७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ९१ करोड ५६ लाख ५७ हजार छ । फाईनान्सले सेयर धनीलाई १६.९५ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले गत आवमा ११ करोड ३६ लाख १५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८६ करोड ४० लाख छ । फाइनान्सले सेयर धनीलाई १३.१४ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

सेन्ट्रल फाइनान्स

सेन्ट्रल फाइनान्सले गत आवमा १० करोड ७१ लाख ६० हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार छ । फाइनान्सले सेयर धनीलाई १२.१६ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवमा ९ करोड ३८ लाख २७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८९ करोड १ लाख ३४ हजार छ । फाइनान्सले सेयर धनीलाई १०.५४ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

पोखरा फाइनान्स

पोखरा फाइनान्सले गत आवमा ९ करोड ३२ लाख ७१ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ९६ करोड ३१ लाख ४५ हजार छ । फाइनान्सले सेयर धनीलाई ९.६८ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

गुडविल फाइनान्स

गुडविल फाइनान्सले गत आवमा ७ करोड ३६ लाख ३ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८६ करोड ७२ लाख छ । फाइनान्सले सेयर धनीलाई ८.४८ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

बेष्ट फाइनान्स

बेष्ट फाइनान्सले गत आवमा ३ करोड ५८ लाख २० हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार छ । फाइनान्सले सेयर धनीलाई ४.३२ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

नेपाल फाइनान्स

नेपाल फाइनान्सले गत आवमा १ करोड ७४ लाख ५७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ४९ करोड ३४ लाख २० हजार छ । फाइनान्सले सेयर धनीलाई ३.५३ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

समृद्धि फाइनान्स

समृद्धि फाइनान्सले गत आवमा २८ लाख ९५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ५४ करोड ५९ लाख ४० हजार छ । फाइनान्सले सेयर धनीलाई ०.५३ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

प्रोग्रेशिभ फाइनान्स

प्रोग्रेशिभ फाइनान्सले गत आवमा ४ करोड ३२ लाख ५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८ करोड १ लाख छ । फाइनान्सले सेयर धनीलाई ५.३९ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स