अमेरिकी डलरको भाउ यथावत रहँदा युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

काठमाडौं । आज सोमबार अमेरिकी डलरको मूल्य यथावत रहँदा अन्य विदेशी मुद्राहरुको विनियमदर भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटेको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारबोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५३ पैसा थियो।

आज बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स