प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सौराहाको १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टमा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आवद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौताबमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स