काठमाडौं । राष्ट्र बैंकले आज शुक्रबार अधिकांश विदेशी मुद्राहरुको विनियमदर बढाएको छ ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको थियो ।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा थियो ।
बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ २१ र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८३ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३१ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।