काठमाडौं । पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंक बीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट तथा डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छूट दिइने छ ।
अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।अन्नपूर्ण केबलकारले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ ।
उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृंखला, फेवाताल, तालबराही, हरियाली प्राकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बताएको छ ।