प्रभु बैंक र यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभ्नेस बीच सम्झौता

काठमाडौं । प्रभु बैंक र यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभ्नेस बीच सम्झौता भएको छ ।

दुई संस्थाबीच स्वदेशमै रोजगारी सृजना गर्न तथा कृषि र पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुको उत्थानमा सहयोग पुग्ने गरी सञ्चालनमा ल्याइने ‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभ्नेस का तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने दुवैको साझा लक्ष्य छ ।

उक्त परियोजना बागमती प्रदेशमा सञ्चालन गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स