काठमाडौं । आज सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा केहि विदेशी मुद्राहरुको विनियमदर घटेको छ भने केहिको बढेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ । युरो अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ । शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो।