सिद्धार्थ बैंकले ४,४२३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बुको पाब्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाबल्हामु गाँउपालिकाका अध्यक्ष मिबमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार नेपाल सरकाररवैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैंकले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकाद्वारा आर्थिक सहयोगका रूपमा प्राप्त हुने ‘च्यालेञ्ज फन्ड’ प्रवाह गर्नका लागि साझेर बैंकका रूपमा भुमिका निर्वाह गर्नेछ ।

चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको यस आयोजना ४,४२३ मि.कोउचाइमा रही संसारकै अग्ला स्थानहरुमा रहेका जलविद्युत आयोजनाहरुमध्ये एक हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रशारणको विद्युत उपलब्ध नभएका कारण विद्युत अभाव रहि आएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्युनिकरणमात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो उर्जाको विकल्प तथा खुम्बुपासाबल्हामु गाउँपालिका भित्रका ४५१ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन्काउन्टर सहित), ७३ शाखारहित बैंकिङ सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स