एनआईसी एशिया बैंकको एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने, यस्तो छ तरिका

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैकिंङ एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ ।

यस बैंकमा खाता खोली बैंकको मोबाइल बैकिंङ सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि यस बैंकको मोबाइल एप प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको क्यास विथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन जवा फिंगरप्रिन्ट राखेर भेरिफाई गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटिपी प्राप्त गर्नेछन् ।

ग्राहकले आफुलाई प्राप्त सोही ओटिपी एटीएमको स्क्रीनमा रहेको ट्रान्जेक्सन भित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रल आइकनमा थिचे पश्चात् इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स