मेगा बैंकका ग्राहकहरुले भाइटिकामा दक्षिणा दिंदा १५ प्रतिशत क्यासब्याक पाउने

काठमाडौं । तिहारलाई लक्षित गरी मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । मेगा बैंकले तिहारलाई लक्षित गरी उपहार स्वरुप ‘इ-तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ अफर योजना ल्याएको हो ।

बैंकले ‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

त्यस्तै, ‘इ-तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ ।

मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स