काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्केलाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गर्दै आएका थिए । बैंकका नवनियुक्त सीईओ मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डूलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित बैंक बनाउने प्रतिवद्धता गरेका छन् ।
सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।