नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय

काठमाडौं । वाणिज्य बैंकहरुको छातासंगठन नेपाल बैंकर्स संघ, (एनबीए) को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय हालको एनबीए कार्यसमितिका उपाध्यक्ष हुन् ।

एनबीएको अध्यक्षका लागि आज दिउँसो २ बजेसम्म उमेदवारी दर्ता गर्ने म्याद थियो । उक्त समयसम्म उपाध्यायको मात्र उमेदवारी परेको थियो ।

अन्य अध्यक्षका लागि अन्य बैंकका सीइओहरुको दावी विरोध नगरेकाले उपाध्याय अध्यक्षका रुपमा निर्विरोद चयन भएको एनबीएका सीइओ अनिल शर्माले जानकारी दिए ।

अबको कार्यकालका लागि उपाध्याय निर्विरोध अध्यक्ष भएको औपचारिक घोषणा एनबीएको कार्तिक २३ गते वार्षिक साधारण सभाबाट गरिने छ ।

त्यस्तै कार्यसमिति सदस्यमा एनआईसी एसिया बैंकका रोशन न्यौपाने र लक्ष्मी बैंकका अजयबिक्रम शाह चयन भएका छन् ।

सदस्यका रुपमा रहेका नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्यालको २ वर्षे कार्यकाल पुरा भइसकेको र सनराइज बैंकको सीईओ पदबाट जनक शर्माले राजिनामा दिएकाले रिक्त दुई पदमा न्यौपाने र शाह आएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स