काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित रुपन्देही सीटि डाइगोनोसिस सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौता अन्तर्गत कम्पनीका ग्राहकहरुले अब उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमा उक्त कम्पनीका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापछि बैंकसँग आवद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने कम्पनीले बताएको छ ।