राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीईओ देवेन्द्ररमण खनालद्धारा पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम देवेन्द्ररमण खनाललाई बैंकको सीईओ पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

पदभार ग्रहणको अवसरमा नवनियुक्त सीईओ खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी कार्य गरिने बताए । चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले २०८१।०१।०७ गते दरखास्त आवेदन माग गरेको थियो । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

उक्त कार्यक्रम कम्पनी सचिव हेमराज खरेलले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स