नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेकोे सेयर बिक्रीमा राखेको हो ।

यो सेयर बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स