यस्तो छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

काठमाडौं । आज अमेरिकी डलरको मूल्य यथावत रहेको छ भने अन्य विदेशी मुद्राको विनिमयदर बढेको छ । अमेरिकी डलरको मूल्य यथावत रहँदा अन्य युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको हो ।

राष्ट्र बैंक आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०८ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २८ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स