काठमाडौं । आज बिहीबार अधिकांश विदेशी मुद्राहरुको विनियमदर घटेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।
राष्ट्र बैंकले आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा थियो ।
बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा थियो।