तेस्रो सांग्रिला साइकल र्‍यालीको लागि रजिष्ट्रेशन खुल्ला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसर पारेर साइकल र्‍याली आयोजना गर्ने भएको छ । बैंकले आगामी जेठ १९ गते शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्न लागेको हो ।

कम्पनीले डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, बीवाईडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको बताएको छ ।

सो साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले आगामी जेठ १६ गते सम्ममा यो लिंक https://www.shangrilabank.com/cyclerally/ मा निःशुल्क दर्ता गरी आफ्नो सहभागित सुनिश्चितता गर्न सकिने पनि कम्पनीले बताएको छ ।

उक्त साइकल र्‍याली जेठ १९ गते बिहान ७ः०० बजेदेखि सानोगौचरन मैदानबाट शुरु हुने छ ।

कम्पनीका अनुसार उक्त र्‍याली नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर, पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन राजदूताबास हुँदै सानोगौचरन मैदानमा पुगरे समापन हुने छ ।

यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदंै जाने जानकारी गराएको छ ।

सो साइकल ¥यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमाझै यस वर्षको तेस्रो साइकल ¥याली समेत भब्य रुपमा समापन हुने कुरामा बैंक विश्वस्थ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स