काठमाडौं । आज मंंगलबार विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा थियो।
विगत तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा थियो।
बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३५ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४८ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा थियो।