यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज मंंगलबार विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राहरुको मूल्य घटेको छ ।

राष्ट्र बैंक अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७४ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स