मेगा बैंकका ग्राहकलाई दृष्टि आई केयरमा विशेष छुट

काठमाडौ । मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ ।

मेगा बैंक नेपाल र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५/५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स