काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जना व्यक्तिहरुको नाम ‘सर्टलिस्ट’ भएको छ । जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले सीईओ पदमा दरखास्त गरेका मध्येबाट ६ जनाको सर्टलिष्ट गरेको हो ।
छनोट उपसमितिले उम्मेदरवारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको बताएको छ ।
छनोटमा पर्नेहरूमा क्रमशः कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।
समितिले उल्लिखित पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन भनेको छ ।
आवेदन बुझाउनेमा रामदेव यादव, अगम मुखिया, दुर्गा कुमारी कँडेल (छतकुली), नरेशराज अर्याल, पवन रेग्मी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय,कृष्ण प्रसाद आचार्य छन् ।
त्यसैगरी दीर्घबहादुर अर्याल, झविन्द्र खत्री, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, गणेश प्रसाद गौतम, प्रमोदबाबु तिवारी, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले सीईओ बन्ने इच्छा देखाएका छन् ।
यहि वैशाख ७ गते राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि आवेदन खुलेको थियो । वैशाख २७ गतेसम्म आवेदन दिने आवेदकमध्येबाट सीईओ छनोट समितिले ५ जनाको सर्टलिष्टिङ गर्नेछ ।
त्यसपछि कार्ययोजनाको प्रस्तुतीको आधारमा ३ जना आवेदक छनोट भई मन्त्री परिषदमा सिफारिसको लागि पठाइने छ । मन्त्रीपरिषदले ती ३ जनामध्येबाट एक जना प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने छ ।
आवेदन दिन चाहनेको योग्यता समेत तोकिएको छ। जसमा व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङक शास्त्र विषयमा स्नातककोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ ।
शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ । किरण कुमार श्रेष्ठको कार्यकाल सीईओ खाली छ ।