बढ्न थाल्यो मार्जिन ल्याण्डिङ कर्जा, वाणिज्य बैंकले बढाए ८ अर्बको सेयर कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले ८६ अर्ब १८ करोड ५० लाख रुपैयाँ मार्जिन ल्याण्डिङ  कर्जा प्रवाह गरेका छन् । गत आवको अन्त्यसम्म बैंकहरूको यस्तो कर्जा ७६ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको यस्तो कर्जा ८५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

चालु आवको यो अवधिसम्म वाणिज्य बैंकहरूले ६७ अर्ब ५२ करोड मार्जिन ल्याण्डिङ कर्जा प्रवाह गरेका छन् । गत महिनाको तुलनामा वाणिज्य बैंकहरूले ४० करोड रुपैयाँले सेयर धितो कर्जा बढाएका छन् । गत आवको अन्तिमसम्म वाणिज्य बैंकहरूले ५८ खर्ब ६७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । चालु आवको यो अवधिमा वाणिज्य बैंकहरूले ८ अर्ब ८४ करोड रुपैयाँले सेयर धितो कर्जा बढाएका छन् ।

यो अवधिमा सबै भन्दा बढी नबिल र्बैकले सेयर धितो कर्जा बढी गरेको छ  भने अन्य बैंकको तुलनामा कम सेयर कर्जा माछापुच्छ्रे बैंक र एनएमबी बैंकको रहेको छ । स्ट्रयाण्डर्ड चाटडर्ड बैंकले भने सेयर धितो कर्जा भने छैन् ।

नबिल बैंकको सेयर धितो कर्जा ११ अर्ब ६१ करोड ३ लाख रुपैयाँ पुगेको छ । दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा ६ अर्ब ९२ करोड ८ लाख रुपैयाँ पुगेको छ ।  तेस्रो नम्बरमा सिद्धार्थ बैंकको ५ अर्ब ४९ करोड ९ लाख रुपैयाँ सेयर धितो कर्जा पुगेको छ ।

नेपाल बैंकको सेयर धितो कर्जा ५ अर्ब ४४ करोड ७ लाख, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब १६ करोड ४ लाख, एनआईसी एसिया बैंकको ४ अर्ब १७ करोड २ लाख, सिटिजन बैंकको ४ अर्ब ४३ करोड ३ लाख, प्राइम बैंकको ४ अर्ब १४ करोड ४ लाख, लक्ष्मी बैंकको ३ अर्ब २४ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

त्यसै गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर धितो कर्जा २ अर्ब ३ करोड ३ लाख, हिमालयन बैंको २ अर्ब १३ करोड १ लाख, एभरेष्ट बैंकको २ अर्ब ४ करोड ९ लाख, सानिमा बैंकको १ अर्ब ६२ करोड ४ लाख र कृषि विकास बैंकको १ अर्ब २८ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

कुनको कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स