काठमाडौं । आज आइतबार विदेशी मुद्राहरुको विनियमदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य यथावत छ ।
शनिबार जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा धेरैजसो मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५० पैसा र बिक्रीदर ८८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।
आज कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८९ पैसा थियो।